नियम ५८
हुलाक वस्तु फिर्ता लिन सकिने
आन्तरिक चिठ्ठी, हुलाकपत्र, हवाईपत्र, दर्ता भएका समाचार पत्रपत्रिका, व्यापारिक नमूना प्याकेट, व्यापारिक कागजपत्र विदेशतर्फ जाने रजिष्ट्री भएको हुलाक वस्तुको ठेगानावालालाई डेलिभरी भैनसकेको र डाँकद्वारा चलान हुँदाको अवस्थामा रहेको भए ठेगानावालाको मन्जुरी नलिई प्रेषकलाई नै फिर्ता दिन सकिनेछ । फिर्ता लिन निम्न व्यहोरा पालन गरेको हुनु पर्छः–
(क) कुनै हुलाक वस्तु महानिर्देशक, क्षेत्रीय हुलाक निर्देशक वा ग्याजेटेड दर्जाका हुलाक हाकिमको आदेश बिना फिर्ता डेलिभरी गरिने छैन ।
(ख) प्रत्येक हुलाक वस्तु फिर्ता लिन प्रत्येक हुलाक वस्तुको निमित्त भिन्दा भिन्दै दरखास्त लेखी प्रत्येक दरखास्तमा एक रूपैयाँको टिकट टाँसी रजिष्ट्री भएकोमा भरपाई समेत सम्बन्धित हुलाकमा बुझाउनु पर्छ । दरखास्तमा टा“सिएको टिकट सम्बन्धित हुलाकमा बुझाईसकेपछि सो टिकट कुनै हालतमा फिर्ता गरिने छैन ।
(ग) कुनै हुलाक वस्तु फिर्ता लिनको निमित्त हुलाक वस्तुको प्रेषक वा निजबाट लिखित अधिकार प्राप्त व्यक्तिले मात्र लिखित रूपमा आवेदन गर्न सक्नेछ,
(घ) हरेक दरखास्तमा फिर्ता डेलिभरी लिनाको कारण खोलिएको हुनु पर्छ । यस्तो दरखास्त महानिर्देशक वा क्षेत्रीय हुलाक निर्देशक मार्फत कारवाई गराउने भएमा सिलबन्दी खाममा पठाउनु पर्छ ।
(ङ) खण्ड (क) मा लेखिएको अधिकृत छेउ दरखास्त प्राप्त भएपछि निज अधिकृतलाई दरखास्तवाला ठीक व्यक्ति हो र दरखास्तमा फिर्ता लिने कारण मनासिब छ भन्ने लागेमा प्रेषकलाई फिर्ता डेलिभरी गर्ने आदेश दिनेछन् अन्यथा सम्बन्धित हुलाक वस्तु ठेगानावालाकहाँ नै पठाइनेछ ।
(च) सम्बन्धित हुलाकमा प्राप्त दरखास्त विषयमा, यदि हुलाक हाकिम राजपत्राङ्कित अधिकृत स्तरको भएमा र प्रेषकले दिएको दरखास्तमा खुलाइएको कारण उचित ठहराएमा र प्रेषक ठीक व्यक्ति हो भन्ने लागेमा राजपत्राङ्कित अधिकृत हाकिमले तुरुन्त सो वस्तु प्रेषकलाई फिर्ता डेलिभरी गर्न सक्छन् । हुलाक हाकिम राजपत्राङ्कित अधिकृत भन्दा कम स्तरको भएमा, सम्बन्धित नियन्त्रण कार्यालयमा फिर्ता डेलिभरी दिन हुने नहुने विषयमा आफ्नो राय साथ पेश गरी सम्बन्धित हुलाक वस्तु रोक्का गरी राख्नु पर्छ र क्षेत्रीय हुलाक निर्देशनालयबाट लेखी आए बमोजिम गर्नु पर्नेछ । फिर्ता डेलिभरी दिंदा सम्बन्धित हुलाक वस्तुका प्रेषक वा निजद्वारा लिखित अधिकार प्राप्त व्यक्तिलाई मात्र दिनु पर्नेछ ।
(छ) सम्बन्धित हुलाकमा सो वस्तु नरहेमा हुलाक हाकिम, महानिर्देशक वा क्षेत्रीय हुलाक निर्देशकले ठेगाना हुलाकमा आकाशवाणीद्वारा पनि सो कुरा सूचित गर्नेछन् । तर आकाशवाणी आदिको निमित्त लाग्ने खर्च प्रेषकले नै व्यहोर्नु पर्नेछ ।
(ज) विदेशतर्फ जाने रजिष्ट्री चिठ्ठी विषयमा दरखास्त दिंदा रु. १।– को टिकट टा“सी सम्बन्धित देशमा चिठ्ठी पठाउन लाग्ने दस्तुर नगद बुझाउनु पर्नेछ ।